अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीको सिंगो कमिटी नै एमालेमा समाहित

एकीकृत समाजवादीको सिंगो कमिटी नै एमालेमा समाहित


रोल्पा-रोल्पा परिर्वन गाउँपालिका रोल्पामा नेकपा एकीकृत समाजवादीका सिंगो कमिटी नेकपा एमालेमा समाहित भएको छ । चुनावी अभियानको क्रममा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका सम्पुर्ण पदाधिकारीसहित सिंगो कमिटी नै एमालेमा समाहित भएको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटीका अध्यक्ष तिल बहादुर पुन, सचिव कर्ण बुढा (नेस्नल), गाउँ कमिटी सह–ईन्चार्ज पृथ्वी पुन, जिल्ला सदस्यहरु घन कुमारी घर्ती, सविना विक, गंगा प्रसाद रोका, अरुणा थापा लगातएतका १७ जना भन्दा बढी पदाधिकारीसहित सिंगो एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटी नेकपा एमालेमा समाहित हुनुभयो ।

पुतलाचौरमा सम्पन्न भएको बैठकमा एमाले परिवर्तन गाउँ कमिटीका अध्यक्ष प्रदिप डाँगीको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेद्वार तथा एमाले केन्द्रीय कमिटी सदस्य कुमार दशौदि, विशिष्ट अतिथिमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेद्वार तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पुर्ण वुढा, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा “ख“ का प्रत्यक्ष उम्मेद्वार प्रेमबहादुर घर्ती सहभागी हुनुभएको थियो ।