अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई परास्त गर्न चाहन्छौं : हिक्मत कार्की

गठबन्धनलाई परास्त गर्न चाहन्छौं : हिक्मत कार्की


दमक – नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले एमालेको सरकार बनेपछि नागरिकता सम्बन्धि ऐन ल्याएर नागिरकता समस्याको समाधान गरिने बताउनु भएको छ ।

दमकमा आयोजना गरिएको निर्वाचन अभिमुखिकरण कार्यक्रममा बोल्दै कार्कीले नेकपा एमाले नागरिकता समस्याको स्थायी समाधानको पक्षमा रहेको बताउनु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ३० वर्षमा नभएका काम तीन वर्षमा गरेको बताउनुभयो ।

नेता कार्कीले भन्नुभयो, ‘न्याय सम्पादनमा गठबन्धन हाबी भएको छ । अर्थतन्त्रमा हाबी भएको छ । गठबन्धनलाई परास्त गर्न चाहन्छौं ।’