अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता र राष्ट्रका पक्षमा राम्रा काम गरेपछि विरोधीहरु आत्तिए : अध्यक्ष ओली (फोटोफिचर)

जनता र राष्ट्रका पक्षमा राम्रा काम गरेपछि विरोधीहरु आत्तिए : अध्यक्ष ओली (फोटोफिचर)


कालिकोट – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सरकार हुँदा ल्याएका लोकप्रिय कार्यक्रमका कारण विरोधीहरु आत्तिएको बताउनु भएको छ ।

कालिकोटमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले सामाजिक सुरक्षा कार्यक्रम ल्याएर घर-घरमा पैसा पुर्‍याउने काम थालेपछि अरु आत्तिए, विरोधीहरु आत्तिए। महिनाको सय रुपैयाँबाट थालेको वृद्धभत्ता अहिले हरेक दिन १३३ रुपैयाँ भएको छ । सडकमा अलपत्र मानिसका लागि एमालेले काम गर्यो। बालबालिकाको उद्धार थाल्यो। पूर्वपश्चिम रेल र हुलाकी राजमार्ग एमालेले अघि बढायो। भारतवेष्ठित देशलाई चीनतिर पनि जोडेपछि विरोधीहरु आत्तिए।’

उहाँले कम्युनिष्टको सरकार आयो भने अधिकार खोसेर लान्छ भन्ने भ्रमलाई एमालेले जनताका लागि काम गरेर चिरिदएको बताउनु भयो ।