अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशमा एमाले पहिलो दल

मधेश प्रदेशमा एमाले पहिलो दल


जनकपुरधाम – मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा-४ (२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधिसभाका लागि नौ र प्रदेशसभाका लागि १५ स्थानमा विजयी भएर  पहिलो पार्टी बनेको छ ।

विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो । प्रतिनिधिसभाका लागि एमालेले सिरहा-१, धनुषा–३, सर्लाही-३, बारा-१,पर्सा-३,सिरहा-३, बारा-३ र महोत्तरी-१ लगायत क्षेत्रमा जितेको  छ । अघिल्लो पटक प्रदेशसभामा १४ सिट जितेको उक्त दलेले एक सिट थप्दै सप्तरी-१ (१), सिरहा-१ (१), सिरहा-२ (२), सिरहा-३ (१), धनुषा-१ (१),धनुषा-२ (१), धनुषा-३ (२), धनुषा-४ (२), रौतहट-२ (१), बारा-९ (१), बारा-३ (१), बारा-९ (१), बारा-३ (२), महोत्तरी-१ (१) र महोत्तरी-४ (१) गरी १५ स्थानमा जितेको छ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा सात र प्रदेशसभामा १३ स्थानमा विजयी भएर  दोस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधिसभातर्फ सप्तरी-३, धनुषा-२, रौतहट-४, पर्सा-२, पर्सा-४, सप्तरी-४ र महोत्तरी-४ मा जितेको छ । त्यसैगरी प्रदेशसभामा कांग्रेसले सप्तरी–३ (१), धनुषा-३ (१), धनुषा-४ (१), सर्लाही-२ (१), सर्लाही-२ (२), सर्लाही-४ (१), रौटहट-१ (१), रौटहट-१ (२), रौतहट-३ (२), पर्सा-२ (१), पर्सा-३ (२), पर्सा-४ (१) र धनुषा-१ (१) मा जितेको छ । अघिल्लो पटक कांग्रेसले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेको थियो ।

जनता समाजवादी पार्टी जसपाले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेर तेस्रो पार्टी बनेको छ । उक्त दलले प्रतिनिधिसभामा सप्तरी-१, सिरहा-४,पर्सा-१, बारा-२, सिरहा-२ र धनुषा १ मा जितेको छ ।

त्यसैगरी प्रदेशसभामा जसपाले धनुषा- २ (२), पर्सा-१ (२), पर्सा-४ (२), बारा-१ (२), रौतहट-४ (२), सर्लाही-३ (२), सिरहा-१ (२), बारा-२ (२) र महोत्तरी-४ (२) मा जितेको छ। विसं २०७४को निर्वाचनमा सङ्घीय समाजवादी फोरमको रुपमा रहेको जसपाले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा १९ सिट जितेको थियो ।

यहाँ लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा सात स्थान जित्दै चौथो पार्टी बनेको छ । प्रतिनिधिसभामा लोसपाले महोत्तरी-२, सर्लाही–१ र महोत्तरी-३ मा तथा प्रदेशसभामा पर्सा-२ (२), महोत्तरी-२ (१), महोत्तरी-३ (१), महोत्तरी-३ (२), सर्लाही-१ (१), सिरहा-४ (२) र बारा-४ (२) मा जितेको छ ।

विसं २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी राजपा हुँदा लोसपाले प्रतिनिधिसभामा १० र प्रदेशसभामा १५ सिट जितेको थियो । पहिलो पटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशसभामा छ स्थान जितेको छ । प्रतिनिधिसभामा पार्टी अध्यक्ष डा सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी—२ मा पराजित गर्नुभयो । सो पार्टीले प्रदेशसभामा सप्तरी–१ (२), सप्तरी–२(१), सप्तरी–२ (२), सप्तरी–३(२), सिरहा—४ (१) र सिरहा—२ (१) मा जितेको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा तीन र प्रदेशसभा छ सिट जितेका छन् । प्रतिनिधिसभातर्फ सर्लाही—४, रौतहट—२ र रौतहट—३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् यसैगरी प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा—३ (१), बारा—२ (१), महोत्तरी—२ (२), रौतहट—३ (१), सर्लाही—३ (१) र सप्तरी—४ (२) मा जितेका हुन् ।  

नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा पाँच सिट जितेकामा यसपटक एक र प्रदेशसभामा छ स्थान जितेकोमा यसपटक चार स्थानमा मात्रै चुनाव जितेको छ ।

 प्रतिनिधिसभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त पार्टीको चुनाव चिन्हबाट महेन्द्रराय यादव निर्वाचित हुनुभएको छ । प्रदेशमा माओवादीले सर्लाही—४ (२), महोत्तरी—१ (२), रौतहट—४९१० र पर्सा—१ (१) बाट मात्र जितेको छ । एमाले विभाजनपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो पटक चुनावमा गएको नेकपा ९एकीकृत समाजवादी० पार्टीले प्रतिनिधिसभाका लागि रौतहट—१ र बाराबाट दुई सिट र प्रदेशसभामा रौतहट—२ (२), सर्लाही—१(२), सिरहा—३(२) र सप्तरी—४ (१) गरी चार सिट जितेको छ ।