अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेस चुनावी समीक्षा: अगामी दिनमा समानुपातिक तर्फ पनि पहिलो पार्टी बनाउने

एमाले मधेस चुनावी समीक्षा: अगामी दिनमा समानुपातिक तर्फ पनि पहिलो पार्टी बनाउने


जनकपुरधाम – हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा नेकपा एमालेले मधेस प्रदेशमा प्राप्त गरेको उपलब्धिको विषयमा जनकपुरधाममा समीक्षा गरेको छ ।

प्रदेश स्तरीय समीक्षा बैठकमा प्रतिनिधि सभामा निर्वाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको धनुषाको निर्वाचन क्षेत्र-३ को (ख)बाट निर्वाचित हुनुभएका प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

मधेस प्रदेशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष तर्फ नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ।

मदेशमा एमालेले प्रतिनिधि सभामा ९ तथा प्रदेश सभामा १५ जना सांसद प्रत्यक्ष रूपमा निर्वाचित गरेको छ । समानुपातिकमा भने एमालेले मदेशमा कांग्रेसभन्दा कम मत प्राप्त गरेको छ । अगामी दिनमा समानुपातिक तर्फ पनि पहिलो पार्टी बनाउने विषयमा आजै देखि लाग्ने विषयमा बैठकमा  छलफल भएको ठाकुरले बताउनुभयो ।  

मधेस प्रदेश कमिटीका अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको समीक्षा बैठकमा नेकपा एमालेका सचिव एवं मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठले प्रदेश कमिटीको सक्रियताका कारणले मधेस प्रदेशमा नेकपा एमाले प्रत्यक्ष तर्फ ठूलो पार्टी बन्नमा सफल भएकोमा सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले निर्वाचनमा नेकपा एमालेप्रति जनताको विश्वास एवं भरोसामा खरो रूपमा उत्रनका लागि सबै निर्वाचित हुनुभएका प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरूलाई आग्रह गर्नुभयो । प्रदेश कमिटीको अर्को बैठक पुस ९ गते हुने बताइएको छ।

बैठकमा नव निर्वाचित हुनु भएका प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरूलाई दोसल्ला ओढाएर मधेस प्रदेशका इन्चार्ज एवं नव निर्वाचित प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठले सम्मान गर्नु भएको थियो ।