अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले समानुपातिक सांसदको टुंगो भोलि लगाउने

एमालेले समानुपातिक सांसदको टुंगो भोलि लगाउने


काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ ।

नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिनुभयो ।

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउनेछ। एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ भने मधेस प्रदेशबाहेक सबै प्रदेशमा सबैभन्दा ठूलो पार्टी हो ।

समानुपातिक बन्द सूचीमा रहेका नामहरू प्राथमिकताका सांसद लागि निर्वाचन आयोगमा पठाइनेछ । पार्टीले नाम पठाएपछि क्लस्टर मिले नमिलेको अध्ययनपछि आयोगले निर्वाचित घोषणा गर्नेछ ।