अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इरानमा दुई प्रदर्शनकारीलाई मृत्युदण्ड

इरानमा दुई प्रदर्शनकारीलाई मृत्युदण्ड


तेहरान – इरानले एक युवतीको हिरासतमा मृत्यु भएको विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा दोषी ठहरिएपछि शनिबार दुई जनालाई मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ ।

डिसेम्बरमा दुई पुरुषलाई मृत्युदण्ड दिइएको थियो, जसले विश्वव्यापी आक्रोश फैलाएको थियो । हिजाब विरोधी प्रदर्शनमा सहभागी भएकालाई पक्राउ गरी सरकारले विभिन्न मुद्दा दायर गरेको छ । प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको छ । सयौँ पक्राउ परेका छन् । 

Skip This