अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी पेस

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी पेस


कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि सोमबार दाबी पेस गर्नुभएको छ ।

अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्नुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की-१ (१) बाट चुनाव जितेका हुन् ।

प्रदेश प्रमुख गुरुङले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार अपराहन्न ४ बजेभित्र दाबी पेस गर्न समय दिनु भएको थियो ।