अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा मुख्यमन्त्री कार्की र तीन मन्त्रीद्वारा शपथ

प्रदेश १ मा मुख्यमन्त्री कार्की र तीन मन्त्रीद्वारा शपथ


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङसँग मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

मुख्यमन्त्री कार्कीले तीन जनालाई मन्त्री पनि नियुक्त गर्नुभएको छ । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त हुनुभएको छ । विना विभागीय मन्त्री बनेका उहाँहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिनुभएको हो ।

प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन । माओवादीले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ।