अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसहितका दलको समर्थनमा मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले दाबी पेस गर्दै

एमालेसहितका दलको समर्थनमा मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले दाबी पेस गर्दै


जनकपुरधाम-मधेस प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)ले आज दाबी पेस गर्ने भएको छ । प्रदेश प्रमुख हरी शंकर मिश्रले दिएको अन्तिम समय अगावै जसपाले मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न लागेको हो ।

जसपा दलको नेता चयनकै कारण प्रदेश सरकार गठनको प्रक्रिया रोकिएको थियो । सोमबार दलको नेता चयन गरेको जसपाले मंगलबार दाबी पेस गर्ने जनाइएको छ । मधेस प्रदेशमा १६ जना सांसदसहित तेस्रो वरीयतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र उन्मुक्ति पार्टीका १र१ जनासहित कुल ६२ जना सांसदको समर्थन रहने छ ।

मधेस प्रदेशमा कुल १०७ सांसद छन् । मधेसमा कांग्रेस प्रमुख प्रतिपक्ष भूमिकामा रहने छ । लोसपा र नेकपा एकीकृत समाजवादी पनि प्रतिपक्ष नै रहने छन् ।