अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्दिरा रानाद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

इन्दिरा रानाद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता


काठमाडौं – सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उहाँलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गर्नुभएको हो भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।