अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इमरान खानको जमानत याचिका खारेज

इमरान खानको जमानत याचिका खारेज


काठमाडौं-पाकिस्तानमा पूर्व प्रधानमन्त्री तथा तहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीको अवस्था देखिएको छ ।

समाचार एजेन्सी एपीपीका अनुसार लाहोर उच्च अदालतले गत बिहीबार इमरान खानको जमानत आवेदन खारेज गरेको छ ।

गत वर्ष इमरान खानविरुद्ध इस्लामाबादको सांगजानी पुलिस स्टेसनमा आतंकवादसँग सम्बन्धित धाराअन्तर्गत एफआईआर दर्ता गरिएको थियो ।

यस मामिलामा इमरान खान आतङ्कवाद विरोधी अदालतले आफ्नो अन्तरिम जमानतको निवेदन खारेज गरेपछि लाहोर उच्च अदालत पुगेका थिए ।

यस घटनाक्रमपछि पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह खानले इमरान खान पक्राउ पर्नुपर्ने बताएका छन् । उनले भने, ‘मेरो विचारमा इमरान खानलाई पक्राउ गर्नुपर्छ किनभने उनले न्याय व्यवस्थाको मजाक उडाइरहेका छन् ।’

यससँगै उनले इमरान खानलाई तत्काल पक्राउ गर्न सरकारसँग कुरा गर्ने बताए ।

इमरान खानको जमानत याचिका खारेज भएपछि लोहारस्थित उनको जमान पार्कस्थित घरबाहिर उनका समर्थकहरूको भीड जम्मा हुन थालेको छ ।

पाकिस्तान तहरीक–ए–इन्साफले आफ्नो ट्विटर ह्यान्डलबाट त्यस्ता धेरै भिडियोहरू साझा गरेको छ जसमा समर्थकहरूले इमरान खानप्रति आफ्नो वफादारी व्यक्त गरेको देख्न सकिन्छ । एजेन्सी 

Skip This