अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ


काठमाडौँ-भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । सीबीआईले आइतबार बेलुका सिसोदियालाई पक्राउ गरेको हो ।

सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा आइतबार बेलुकी सिसोदियालाई सीबीईले कार्यालयमा बोलाएको थियो । तर भारतीय समय अनुसार बेलुका सात बजे उनलाई हिरासतमा राखिएको खबर सार्वजनिक भएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप छ ।

सिसोदिया आम आदमी पार्टी (आप)का नेता हुन् । आपका नेताहरुले यसमा राजनीतिक गन्ध भएको र भारतीय जनता पार्टी (भाजपा)ले प्रतिशोध साधेको आरोप लगाएका छन् ।

आप पार्टीका अध्यक्ष एवम् दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सिसोदिया बेकसुर भएको भन्दै उनको गिरफ्तारीलाई फोहोरी राजनीति भनेर टिप्पणी गरेका छन् । केजरीवालले भनेका छन्, ‘मनिषको गिरफ्तारीले जनता आक्रोशित छन् । उनीहरुलाई सबै थाहा छ । यसको जवाफ दिनेछन् । हाम्रो संघर्ष अझ बलियो हुनेछ ।’

सिसोदियाको गिरफ्तारीपछि राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीबीआईको मुख्यालय बाहिर पनि उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।-एजेन्सी  

Skip This