अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मस्को नजिक युक्रेनको ड्रोन दुर्घटना 

मस्को नजिक युक्रेनको ड्रोन दुर्घटना 


काठमाडौँ-रुसको राजधानी मस्को नजिकै युक्रेनको ड्रोन दुर्घटना भएको छ । युक्रेनले सोमबार मध्यराति मस्कोमा ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसी अधिकारीहरूले दाबी गरेका छन् । यद्यपि, त्यो सफल हुन नसकेको उनीहरूको दाबी छ ।

दुर्घटना भएको ड्रोन युक्रेनमा बनेको पाइएको छ । आक्रमण योजना सफल नहुँदै ड्रोन दुर्घटनामा परेकाले त्यसबाट कुनै क्षति नभएको बीबीसीले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा मस्कोका गभर्नर आन्द्रेइ बोरोब्योबले युक्रेनले मस्कोलाई लक्षित गर्दै ड्रोनबाट प्रहार गर्ने प्रयास गरेको आरोप लगाए ।

युक्रेनले भने हालसम्म रुसको भूमिमा आक्रमण गरेको जिम्मेवारी लिएको छैन ।-एजेन्सी 

Skip This