अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशमा कहिल्यै देशको अपमान गरेको छैन: राहुल गान्धी

विदेशमा कहिल्यै देशको अपमान गरेको छैन: राहुल गान्धी


काठमाडौँ-भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीले आफूले कहिल्यै देशको अपमान नगरेको बताएका छन् । राहुल गान्धीले विदेशमा गएर भारतको बदनाम गरिरहेका छन् भनेर भाजपाले आलोचना गरिरहेको छ । 

क्याम्ब्रिज युनिभर्सिटीमा दिएको लेक्चरका लागि भाजपाले राहुल गान्धीले भनेको कुरामाथि असन्तुष्टि व्यक्त गरेको छ । अब राहुल गान्धीले पनि लन्डनमा इन्टरनेशनल जर्नलिस्ट असोसिएसनको एक कार्यक्रममा यसबारे आफ्नो प्रतिक्रिया जनाएको छ ।

राहुल गान्धीले इन्डिया टुडेले सोधेको प्रश्नको जवाफमा भनेका छन्, ‘प्रधानमन्त्री र सरकारमाथि जसले प्रश्न उठाए पनि उसमाथि हमला हुन्छ ।’

राहुल गान्धीले भने, ‘मलाई याद छ, अन्तिम पटक जब प्रधानमन्त्री मोदी विदेश भ्रमणमा गएका थिए उनले स्वतन्त्रताको ७० वर्षपछि पनि भारतमा केही नभएको बताएका थिए । उनले भारतमा भ्रष्टाचार भएको बताए । यो सबै कुरा उनले विदेशमा नै भने ।’

उनले थपे, ‘मैले कहिल्यै आफ्नो देशको अपमान गरेको छैन । म यस्तो कहिल्यै गर्ने छैन । जब उनले ७० वर्षमा केही भएको छैन भनेका थिए, के यो हरेक भारतीयको अपमान होइन र ?’-एजेन्सी