अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा कारले ठक्कर दिँदा सात जनाको मृत्यु

अमेरिकामा कारले ठक्कर दिँदा सात जनाको मृत्यु


टेक्सास-अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । घटना मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८:३० बजे भएको थियो।

कम्तीमा छ जना अन्य घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । यसअघि अमेरिकी सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यो नियोजित हमला भएको बताएको थियो।

नजिकैको विशप एनरिक सान पेड्रो ओजानम सेन्टरका निर्देशक भिक्टर माल्डोनाडोले बीबीसी वर्ल्ड सर्भिसको न्युज आवर कार्यक्रममा सीसीटिभी फुटेजमा एउटा एसयूभी रातो बत्ती छलेर दौडिरहेको र तीव्र गतिमा बस स्टपमा पुगेको देखिएको बताएका छन् । 

घटनापछि चालकलाई उपचारका लागि अस्पताल लगिएको र लागुऔषध र मदिरा परीक्षण गरिएको प्रहरीले जनाएको छ । उनले अधिकारीसँग असहयोग गरेको बताइएको छ । अमेरिकी सीमा सुरक्षा अधिकारीहरूका अनुसार ब्राउन्सभिल सहरमा हालै अवैध आप्रवासीहरूको आगमनमा तीव्र वृद्धि भएको छ।-एजेन्सी 

Skip This