अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 पहिलो पटक बेलायती शाही परिवार अदालतमा 

 पहिलो पटक बेलायती शाही परिवार अदालतमा 


लन्डन-बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन् । बेलायती अखबार डेली मिररविरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन् । 

डेली मिररका पत्रकारमाथि फोन ह्याकिङलगायतका गैर कानुनी गतिविधिमा संलग्न रहेको आरोपको मुद्दा अदालतमा चलिरहेको छ । एमजीएनको जासुसी र धोखाका कारण उनको व्यक्तिगत जीवनमा धेरै असर गरेको डेली मिररका पत्रकारमाथि आरोप छ ।

राजकुमार ह्यारी अब शाही परिवारमा छैनन् । उनी आफ्नी पत्नी मेगन मार्कल र दुई बच्चाहरूसँग अमेरिकामा बस्छन्।

अभियुक्त पक्षका वकिलले राजकुमारलाई मुद्दामा प्रश्न सोध्न सक्छन्। ह्यारीले बेलायती अखबारविरुद्ध उच्च अदालतमा चारवटा मुद्दा दायर गरेका छन् । 

Skip This