अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाको दीक्षान्त समारोहमा गोली चल्यो : दुई जनाको मृत्यु, पाँच घाइते

अमेरिकाको दीक्षान्त समारोहमा गोली चल्यो : दुई जनाको मृत्यु, पाँच घाइते


काठमाडौँ-अमेरिकाको भर्जिनियाको रिचमण्डमा एक हाईस्कूलको दीक्षान्त समारोह भइरहेको थियटर अगाडीको पार्कमा अन्धाधुन्ध गोली चलेको छ । सो गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको बीबीसीले जनाएको छ ।

मंगलबार साँझ सवा ५ बजे अल्ट्रिया थियटरमा हाइस्कूल विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो ।

मारिनेहरूमा स्नातक कक्षामा अध्ययनरत १८ वर्षीय पुरुष र उनका ३६ वर्षीय बुबा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको परिचय भने सार्वजनिक गरेको छैन । गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-एपी

Skip This