अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्यान्मारमा गायिकाको गोली हानी हत्या

म्यान्मारमा गायिकाको गोली हानी हत्या


याङुन-गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन भएको छ । टाउकोमा गोली लागेर घाइते भई याङ्गुन अस्पतालमा उपचाररत गायिका क्याबको एक साता पछि मृत्यु भएको हो । 

कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनी माथी गोली हानेका थिए । उनको मृत्युले सैन्य समर्थकहरूलाई मात्र होइन, सेना समर्थक मिडियामा काम गर्ने सेलिब्रेटीहरूलाई पनि स्तब्ध बनाएको जनाइएको छ ।

बीबीसीका अनुसार ५८ वर्षीया गायिका क्याब सेनाका उच्च अधिकारी तथा जुन्ताका शीर्ष नेताहरूको नजिक थिइन्  । उनलाई जुन्ताको सूचनादाता भएको आरोप पनि लगाइँदै आइएको थियो ।

उनको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरु सेनाको विरुद्धमा सहरी छापामार गरिरहेका समूहसँग सम्बन्धित रहेको बताइएको छ । 

सुश्री क्यावको हत्या उच्च प्रोफाइल सरकारी समर्थकहरूको हत्याको शृङ्खलाको पछिल्लो घटना हो।-एजेन्सी