अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘बिपरजोय’ समुद्री आँधी भारतको गुजरात पुग्यो, तीव्र हावासहित ठूलो वर्षा

‘बिपरजोय’ समुद्री आँधी भारतको गुजरात पुग्यो, तीव्र हावासहित ठूलो वर्षा


नयाँदिल्ली-अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी ‘बिपरजोय’ भारतको उत्तरपश्चिम गुजरात पुगेको छ । हिजो बेलुका आँधी भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको मौसमविदले जनाएका छन् ।

आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोटलगायत धेरै जिल्लामा ठूलो वर्षा र तीव्र गतिमा हावा चलेको छ । गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको बताएको बीबीसी हिन्दीले जनाएको छ । आँधीले पुर्‍याएको क्षतिको विवरण आउन बाँकी छ ।

पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराँचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ । 

यस्तै, मुम्बईका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ । भारत तथा पाकिस्तानका विभिन्न ठाउँबाट एक लाख ७० हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाङ्गला भाषामा बिपरजोयको अर्थ ‘प्रकोप’ भन्ने हुन्छ । भारतमा ठूलो वर्षाका कारण यो हप्ता कम्तीमा ७ जनाको ज्यान गएको छ ।-एजेन्सी

Skip This