अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी राष्ट्रपति बाइडेनले भने–चिनियाँ राष्ट्रपति सी तानशाह हुन्

अमेरिकी राष्ट्रपति बाइडेनले भने–चिनियाँ राष्ट्रपति सी तानशाह हुन्


क्यालिफोर्निया–क्यालिफोर्नियामा आयोजित एक फन्डरेजर कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तानशाहको संज्ञा दिएका छन् । अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीनकेनले दुई देशबीचको तनाव कम गर्ने उद्देश्यसहित राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेको अर्को दिन नै बाइडेनले यस्तो टिप्पणी गरेका हुन् ।

सो भेटवार्तापछि सीले ‘सकारात्मक विकास’ भएको बताएका थिए भने ब्लीनकेनले दुवै पक्ष थप संवादका लागि खुला रहेको प्रतिक्रिया दिएका थिए । चीनले बाइडेनको टिप्पणीबारे प्रतिक्रिया जनाएको छैन ।

मंगलबार राति आयोजित कार्यक्रममा बाइडेनले चिनियाँ जासुसी बेलुन अमेरिकामा पुगेपछि सुरु भएको तनावपछि राष्ट्रपति सीले लज्जबोध गरिरहेको दाबी गरे । उनले भने, ‘मैले जासुसी यन्त्रसहितको बेलुन खसाएपछि सी तनावमा थिए किनभने उनलाई त्यो त्यहाँ छ भन्ने थाहा नै थिएन । तानाशाहका लागि यो ठुलो लज्जाको विषय हो जब उनीहरुलाई के भइरहेको छ भन्ने थाहा हुँदैन ।’

पछिल्ला पाँच वर्षमा बेइजिङको भ्रमण गर्ने ब्लीनकेन शीर्ष अमेरिकी कूटनीतिज्ञ हुन् । उनले दुई देशबीच उच्च तहको वार्ताको सुरुवात गरेका थिए । बाइडेन र सी दुवैले यसको स्वागत गरेका थिए । तर, ब्लीनकेनले दुई देशबीच अझै पनि असझदारी कायम रहेको स्पष्ट पारेका थिए । बेइजिङ र वासिङटनबीच व्यापार, मानव अधिकार, ताइवान लगायत विषयहरुमा विवाद रहँदै आएको छ ।–बीबीसी

Skip This