अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 टाइटनिक भग्नावशेष नजिक आवाज सुनियो

 टाइटनिक भग्नावशेष नजिक आवाज सुनियो


क्यानडा-टाइटानिक जहाजको भग्नावशेष हेर्न मानिस बोकेको पनडुब्बी गत आइतबार दिउँसोदेखि बेपत्ता छ । बीबीसीका अनुसार पनडुब्बीमा केही घण्टा मात्रै अक्सिजन बाँकी छ । अमेरिकी कोस्ट गार्डले बिहीबार बिहानसम्म पनडुब्बीमा अक्सिजन सकिन सक्ने बताएको छ ।

क्यानडाको तर्फबाट खोजी कार्यमा संलग्न विमानले सोनार बोयको सहायताले केही आवाज सुनेको जनाएको छ । टाइटानिकको भग्नावशेष रहेको ठाउँ नजिकै यो रेकर्ड गरिएको थियो। आवाजहरू लगभग ३० मिनेटको अन्तरालमा रेकर्ड गरिएको थियो । 

बेपत्ता जहाजमा पाइलट र ४ जना यात्रु सवार थिए । १८ जुनको दिउँसो समुन्द्रमा पसेको सो पनडुब्बी १ घण्टा ४५ मिनेटपछि राडारबाट हराएको थियो ।-एजेन्सी

Skip This