काठमाडौँ-रुसमा विद्रोह गरिरहेको वागनर समूहका प्रमुखले बेलारुसमा शरण लिने भएका छन् । सीएनएनका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्सकोसँगको वार्तापछि उनी त्यहाँ शरण लिन लागेका हुन् ।
शनिबार रुसका दुई सहर आफ्नो नियन्त्रणमा लिएर मस्कोतर्फ अघि बढेको समूहका प्रमुख यभगेनी प्रिगोजिनसँग बेलारुसका राष्ट्रपति लुकाशेन्कोले वार्ता गरेका थिए । उनीसँगको वार्तापछि मस्कोतर्फ अघि बढेको समूह बीचबाटै फर्किएको थियो ।
उनलाई सुरक्षितरुपमा बेलारुस जान दिन र विद्रोहमा रहेका कसैलाई पनि कारवाही नगर्न रुस तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।-एजेन्सी






प्रतिक्रिया