अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई भेट्न एलिजा गौतम बालकोटमा (तस्बिरहरू)

एमाले अध्यक्ष ओलीलाई भेट्न एलिजा गौतम बालकोटमा (तस्बिरहरू)


काठमाडौं-पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुग्नु भएको छ।

सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गर्नुभएकी धमला पत्नी गौतमले एमाले अध्यक्ष ओलीसँग भेट गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरु पोस्ट गर्नु भएको छ। 

‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता। भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, ऊर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु’, गौतम लेख्नुहुन्छ, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ। बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ।’

२०७९ माघ १४ गते उहाँ नागरिक उन्मुक्तिमा पार्टीमा प्रवेश गर्नु भएको थियो । त्यतिखेर उहाँलाई नागरिक उन्मुक्तिको केन्द्रीय सदस्य बनाएको थियो । तर केही समयअघि धरानका मेयर हर्क साम्पाङसँग भेटेर सक्रिय राजनीति छाडेर समाज सेवा गर्ने उद्घोष गर्नु भएको थियो ।

उहाँले गरेको यो पोस्टले उहाँ पुनः सक्रिय राजनीतिमा आउने संकेत गरेको धेरैको अनुमान छ।

तस्बिरहरू

तस्वीर: एलिजा गौतमको फेसबुक वालबाट सभार