अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नासाको स्पेसएक्स क्रू–६ पृथ्वीमा फर्कियो 

नासाको स्पेसएक्स क्रू–६ पृथ्वीमा फर्कियो 


काठमाडौँ – अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले स्पेसएक्स ड्रागन अन्तरिक्ष यानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्रीहरु सोमबार बिहानै दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेको जनाएको छ ।

नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेदयाएभसहित चार सदस्यीय अन्तर्राष्ट्रिय चालक दल फ्लोरिडाको तटमा सोमबार राति १२ः१७ बजे प्यारासुटको सहयोगमा पृथ्वीमा सकुशल अवतरण गरेको हो ।

अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ग्रीनविच समय अनुसार आइतबार ११ः०५ मा छुटेको थियो । मार्च २ मा फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिसन अर्को दिन आईएसएसमा जोडिएको थियो ।

चालक दलका सदस्यहरू छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए । नासाका अनुसार मिसनको क्रममा चालक दलले पृथ्वीको तल्लो कक्षभन्दा बाहिर अन्वेषणका लागि तयारी गर्न र पृथ्वीमा जीवनलाई फाइदा पु¥याउन सयौं प्रयोग र प्रविधि प्रदर्शनहरूमा योगदान पु¥याएका थिए ।-एजेन्सी

Skip This