अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी राष्ट्रपति बाइडेनकी पत्नीलाई कोरोना सङ्क्रमण

अमेरिकी राष्ट्रपति बाइडेनकी पत्नीलाई कोरोना सङ्क्रमण


काठमाडौँ–अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन जी–२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै कोरोना सङ्क्रमित भएकी छन् ।

यद्यपि राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण नेगेटिभ आएको छ ।

अमेरिकाकी प्रथम महिलाकी सञ्चार निर्देशक एलिजाबेथ अलेक्जेन्डरले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकी हुन् ।

जिल बाइडेनमा हाल कोभिड–१९ को हल्का लक्षणहरू देखिएको बताइएको छ। उनी डेलावेयरको घरमै बस्नेछिन्।

यसै क्रममा ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेले प्रथम महिला कोभिड–१९ सङ्क्रमित भेटिएपछि राष्ट्रपति बाइडेनले पनि आफ्नो परीक्षण गराएको बताएकी छन् । यद्यपि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

यस विज्ञप्ति अनुसार राष्ट्रपतिले नियमित रूपमा परीक्षण गराउने र लक्षणको निगरानी गर्नेछन् ।-एजेन्सी 

Skip This