अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको चियापानमा प्रधानमन्त्रीदेखि रवि लामिछानेसम्म सहभागी (फोटोफिचर)

एमालेको चियापानमा प्रधानमन्त्रीदेखि रवि लामिछानेसम्म सहभागी (फोटोफिचर)


काठमाडौँ-नेकपा (एमाले)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि विभिन्न राजनीतिक दलका नेताहरू, उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका छन्।

एमालेले आयोजना गरेको चियापानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी हुनुभएको हाे।

 पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा एकीकृत समावजवादीका सम्माननित नेता झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेता च्यासल पुग्नु भएको हाे।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुग्नुभएका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गर्नुभएको थियो।

यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, माओवादीका उपमहासचिव जनार्दन शर्मा, नेकपा सिका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समावजवादीका सचिव रामकुमारी झाँक्रीगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी हुनुभएको छ।

निमन्त्रणा पाए पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने चियापान समारोहमा सहभागी भएनन् । पार्टी कामको सिलसिलामा भन्दै नेपाल बुधवार रौतहट पुगेका छन्। 

 कार्यक्रममा पार्टी नेता, कार्यकर्ता, शुभचिन्तकका साथै विभिन्न राजनीतिक दलका नेता र विशिष्ट पाहुनाहरूको उल्लेख्य उपस्थिति रहेको छ। 

एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो।