अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आवश्यक परे मुलुकको रक्षाका लागि हजारौंलाई सडकमा उतार्छौं: महेश बस्नेत

आवश्यक परे मुलुकको रक्षाका लागि हजारौंलाई सडकमा उतार्छौं: महेश बस्नेत


काठमाडौं-नेकपा एमालेका युवा नेता महेश बस्नेतले आवश्यक परे मुलुकको रक्षाका लागि हजारौं मान्छेलाई सडकमा उतार्ने बताउनुभएको छ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले साे कुरा बताउनु भएको हो।

हिजो (बिहीबार) युवासंघले राजधानी केन्द्रीत कार्यक्रम मात्रै गरेको भन्दै आवश्यक परे मुलुकको रक्षाका लागि सिट्ठी बजाएकै भरमा हजारौं मान्छेलाई सडकमा उतार्ने नेता बस्नेतले बताउनु भयो । उहाँले अब रचनात्मक काम गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो।

नेता बस्नेतले एमालेमाथि सोसल मिडियाबाट प्रहार भइरहेकाले साइबर सर्कललाई व्यवस्थित गर्नुपर्ने बेला आएको जिकिर गर्नुभयो। उहाँले एमालेविरुद्ध निरन्तर प्रहार भइरहेको अवस्थामा युथ फोर्सलाई जगाउनुपर्ने आवश्यकता देखिएको धारणा राख्नुभयो। नेता बस्नेतले पार्टी प्यालेसबाट महिलालाई निकालेको घटनामा एमालेलाई जोडेर गलत ढंगले व्याख्या गरिएको तर्क गर्नुभयो ।

उहाँले गलत बाटोमा मुलुक जान खोजेको अवस्थामा सहि ढंगले मुलुकलाई अघि बढाउन युवा संघभित्रको एकता र शुद्धिकरणलाई मजबुद बनाउनुपर्ने बताउनु भयो।