अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीबाट समृद्धि यात्रा सुरु हुँदा सुदुरपश्चिमबासी उत्साहित छौं : एमाले नेता दामोदर भण्डारी

बैतडीबाट समृद्धि यात्रा सुरु हुँदा सुदुरपश्चिमबासी उत्साहित छौं : एमाले नेता दामोदर भण्डारी


बैतडी- नेकपा एमालेका नेता एवं बैतडीका साँसद दामोदर भण्डारीले सुदुरपश्चिमबाट पार्टीको अभियान सुरु गरेर एमालेले यस भेगका जनतालाई उत्साहित बनाएको बताउनुभएको छ ।
बैतडीको झुलाघाटबाट अहिले बिहान यो बेला डट कमसँग कुरा गर्दै भण्डारीले सरकार र राजनीतिक दलहरुका अभियान पूर्वबाट सुरु भएर पश्चिममा समापन हुनेगरेका भए पनि एमालेले सुदुरपश्चिमबाट यात्रा सुरु गरेर यहाँका जनतालाई उत्साहित बनाएको बताउनुभयो ।
भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका शिर्ष नेताहरु यती ठूलो संख्यामा पश्चिमी सिमानामा रहेका बैतडीमा आइपुगेको पहिलो पटक भएको उल्ल्ेख गर्नुभएको छ । अरु अभियानहरु पूर्वबाट सुरु हुने र सहभागी नेताहरु पनि थाकेर मात्र यस क्षेत्रमा आइपुग्ने चलन थियो तर यस पटक सुदुरपश्चिमबाट अभियान सुरु भएको छ । सबै नेताहरु उत्साहित मुडमा हुनुहुन्छ । यसले गर्दा बैतडीबासीहरु थप उत्साहित भएको उहाँले बताउनुभयो ।
सुदुरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष समेत रहनु भएका भण्डारीका अनुसार अध्यक्ष ओली सहितका नेताहरु झुलाघाटबाट १८ किलोमिटर पूर्व गाठालापानीमा बास बस्नु भएको छ । त्यहाँबाट अहिले ८ बजे प्रस्थान गरेर झुलाघाटमा नेपालको झण्डाको झण्डोतलन गरेर कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । त्यसपछि बैतडीको प्रशिद्ध त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्ने,शहिद दशरथ चन्दको घरमा रहेको सालिकामा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष सहितको यात्राको टोली आज डडेलधुराको अमरगढीमा बास बस्नेछ ।