अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मध्यपहाडी यात्रा सुदूरपश्चिमको ३०५ किलोमीटर यात्रा पूरा

एमाले मध्यपहाडी यात्रा सुदूरपश्चिमको ३०५ किलोमीटर यात्रा पूरा

कर्णाली प्रदेश प्रस्थान, दैलेखमा आमसभा 


काठमाडौँ–नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत सुदूरपश्चिमको यात्रा सकिएको छ । यही मंसिर १४ गते बैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

सो यात्रा बैतडी हुँदै, डडेल्धुरा, डोटी र अछाम पुगेर दैलेख प्रवेश गरेको हो । चार दिनको यात्रामा एमालेले ३०५ किलोमीटर पार गरेको छ । 

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय नारासहित सुरु भएको यात्रा आजदेखि कर्णाली पुगेको हो । कर्णाली प्रदेशको दैलेखमा आज हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

झुलाघाटबाट सुरु भएको एमालेको यात्रा चिवाभञ्ज्याङ पुगेर सकिनेछ ।