अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 भारतमा कांग्रेसका एक सांसदको कम्पनीमा भेटियो ३ अर्ब ५१ करोड नगद

 भारतमा कांग्रेसका एक सांसदको कम्पनीमा भेटियो ३ अर्ब ५१ करोड नगद


काठमाडौँ-कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी (मदिरा बनाउने कारखाना) कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ । आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो । 

समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिलेसम्मकै उच्च रकम हो ।

उक्त रकम झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारको कम्पनीमा भेटिएको हाे । तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

कर छली तथा अफ-द-बुक लेनदेनको आरोपमा उनको कारखानामा छापा मारिएको थियो । पाँच दिनअघिदेखि जाँच सुरु भएको थियो ।

Skip This