अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायल र हमास युद्ध अझै दुई महिना जारी रहन सक्ने

इजरायल र हमास युद्ध अझै दुई महिना जारी रहन सक्ने


तेल अभिभ-इजरायली सेनाका एक पूर्व उपकमाण्डरले इजरायल र हमासबीचको युद्ध अझै दुई महिना जारी रहने दाबी गरेका छन् । उनले इजरायलले गाजालाई हमासबाट मुक्त गरिरहेको पनि बताए ।

गाजा डिभिजनका रिटायर्ड डेपुटी कमाण्डर अमिर अविवीले बीबीसी न्यूज आवरलाई भने, ‘हामी अहिले गम्भीर मोडमा छौँ । धेरै आतंकवादी आत्मसमर्पण गर्दैछन् ।’ उनले भने, ‘एक वा दुई हप्ताभित्र आईडीएफले गाजा पट्टीको उत्तरी भाग पूर्ण रूपमा नियन्त्रण गर्नेछ । यो एकदमै सघन जनसंख्या भएको क्षेत्र हो । यो हमासको गढ हो तर भौगोलिक रूपमा यो गाजा पट्टीको २० प्रतिशत मात्र हो । तर यो महत्त्वपूर्ण सफलता हो ।’

खान युनिस नजिकै भारी लडाई जारी रहेको अविवीले बताए । अभियानका बारेमा उनले भने, ‘इजरायलले गाजालाई हमासबाट मुक्त गराउँदैछ ।’ हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ ।-एजेन्सी

Skip This