अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कतारबाट भाग्दै हमासका नेताहरू

कतारबाट भाग्दै हमासका नेताहरू


दोहा–गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तीव्र पारेपछि हमासका नेताहरू कतार छोड्न लागेका छन् । 

कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरू कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

अरबी एक टेलिभिजन च्यानलका अनुसार मङ्गलवार साँझ धेरै हमास नेताहरूले आफ्नो फोन स्विच अफ गरेको बताएको छ । उनीहरूले सकैको फोन कल रिसिभ नगर्ने तथा कसैको जवाफ नफर्काएको बताइएको छ । उनीहरू कतारबाट अज्ञात स्थानमा गएको बताइएको छ । 

मङ्गलवार हमासका वरिष्ठ नेता सालेह अल–अरौरी लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो घरबाट भागेर उनी टर्की गएको बताइएको छ । 

टर्कीले लामो समयदेखि हमास आतंककारीहरूलाई आश्रय र राहदानी प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा हमास नेताहरू टर्की, कतार, लेबनान, सिरिया, इरान र युएईको राहदानीमा विदेश यात्रा गर्दै आएका छन् । टर्की र कतारमा हमासको आफ्नै कार्यालयहरू पनि रहेका छन् । 

इजरायलले कतारलाई  हमाससँग वार्ता जारी रहेसम्म आफ्ना नेतामाथि आक्रमण नगर्ने आश्वासन दिएको थियो । तर, वार्ता सकिएपछि इजरायलले आक्रमणका सम्बन्धमा कुनै वाचा गरेको छैन। अब इजरायल र हमासबीचको वार्ता सकिएको छ । यस्तो अवस्थामा इजरायलले छिट्टै उनीहरूलाई निशाना बनाउँछ कि भन्ने डर हमासलाई छ ।-एजेन्सी 

Skip This