अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिबियामा डुंगा दुर्घटना हुँदा ६० आप्रवासी बेपत्ता

लिबियामा डुंगा दुर्घटना हुँदा ६० आप्रवासी बेपत्ता


काठमाडौँ-लिबियाको तटमा डुंगा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासी बेपत्ता भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले जनाएको छ ।

डुंगा दुर्घटनामा बाँच्न सफलहरूलाई उद्धृत गर्दै संयुक्त राष्ट्र संघीय एजेन्सीले लिबियाको जुवारा सहरबाट यात्रा सुरु गरेको पानी जहाजमा ८६ जना सवार रहेको बताएको छ ।

ठूलो छालले डुंगा बगाएको र बालबालिकासहित ६० आप्रवासी बेपत्ता भएको बताइएको छ ।

भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीका लागि लिबिया मुख्य प्रस्थान विन्दु बनेको छ ।

Skip This