अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनमा भूकम्प, कम्तीमा ९५ जनाको मृत्यु

चीनमा भूकम्प, कम्तीमा ९५ जनाको मृत्यु


काठमाडौँ–उत्तरपश्चिम चीनमा भूकम्प गएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । 

सो भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । २२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । 

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराइमा गएको जनाएको छ । आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।