अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इरानले भन्यो–सैन्य कमाण्डर मृत्युको मूल्य चुकाउनुपर्छ

इरानले भन्यो–सैन्य कमाण्डर मृत्युको मूल्य चुकाउनुपर्छ


काठमाडौँ–सिरियामा इजरायली आक्रमणमा परी इरानका एक वरिष्ठ सैन्य कमाण्डर मारिएको इरानी मिडियामा दाबी गरिएको छ ।

इरानको समाचार एजेन्सी तस्निमले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका ‘अनुभवी सैन्य सल्लाहकार’ सैयद राजी मोसावी मारिएको जनाएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले मोसावीको मृत्युमा शोक व्यक्त गर्दै इजरायलले यो अपराधको निश्चित मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

रायसीले भनेका छन्, ‘यो कार्यले यस क्षेत्रमा यहुदी शासनको निराशा र कमजोरीलाई देखाउँछ, जसका लागि यसले निश्चित रूपमा मूल्य चुकाउनु पर्नेछ ।’-एजेन्सी

Skip This