अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय अन्तरिक्ष यान ‘ब्ल्याक होल’को सफल यात्रामा 

भारतीय अन्तरिक्ष यान ‘ब्ल्याक होल’को सफल यात्रामा 


नयाँदिल्ली–भारतले ‘ब्ल्याक होल’ अनुसन्धान अभियानको लागि सफलतापूर्वक प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इशोरों) ले सोमबार ब्ल्याक होलको अध्ययन गर्ने अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

‘एक्स रे पोलारिमिटर उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण वाहन पीएसएलभी–सी ५८ लाई स्थानीय समय अनुसार ९ः१० मा प्रक्षेपण गरिएको थियो,’ इशोरोले एक विज्ञप्तिमार्फत भनेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार सो मिसनले खगोलीय स्रोतहरूबाट ब्रह्माण्डीय एक्सरेहरूको ध्रुवीकरण अध्ययन गर्न भारतको पहिलो समर्पित वैज्ञानिक प्रयासलाई देखाएको छ ।

Skip This