अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जापानमा विमानमा आगलागी : पाँच जनाको मृत्यु, ३७९ यात्रुको सकुशल उद्धार

जापानमा विमानमा आगलागी : पाँच जनाको मृत्यु, ३७९ यात्रुको सकुशल उद्धार


टोकियो-टोकियोको हानेदा विमानस्थलमा यात्रुवाहक विमानसँग जापानी कोस्टगार्डको विमान ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

कोस्टगार्डको उक्त विमान सोमबारको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहायता पुर्‍याउने कार्यमा संलग्न रहेको थियो । अचानक जलेको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालिएको एयरलाइन्सले जनाएको छ ।

सामाजिक सञ्जालमा देखा परेको उक्त दुर्घटनाको फुटेजहरूमा सो विमानमा एयरबस ए ३५० लाई मा रहेका यात्रुहरू भागिरहेको र तर्सिरहेको देखिएका थिए । उत्तरी जापानको होक्काइडोबाट उडेको जापान एयरलाइन्सको उक्त विमानमा आगलागी भए पछि भूकम्पको त्रासमा रहेको जापानलाई थप दुःखद समाचार बन्न पुगेको छ । -एजेन्सी

Skip This