अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायलको आक्रमणमा हमासका उपप्रमुख मारिए 

इजरायलको आक्रमणमा हमासका उपप्रमुख मारिए 


काठमाडौँ–इजरायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरीको मृत्यु भएको छ । मंगलबार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढ बेरुतको दक्षिणी उपनगर दहियाहमा आक्रमण गर्दा अरोरी मारिएको इजरायली सेनाले जनाएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले हमासको कार्यालयमा ड्रोनले आक्रमण गरेको जनाएको छ । हमास र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूहबीचको बैठकलाई लक्षित गरिएको आक्रमणमा चार प्यालेस्टिनी र तीन लेबनानीको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा गरेको घातक हमलापछि प्यालेस्टिनी क्षेत्रबाहिर इजरायलले प्यालेस्टिनी समूहका अधिकारीलाई लक्षित गरी हत्या गरेको यो पहिलो घटना हो । हमासले अरौरीको हत्याको पुष्टि गर्दै कासम ब्रिगेडका अधिकारी समीर फिन्डी अबू आमेर र अजाम अल–अक्रा अबु अम्मर पनि मारिएको बताएको छ । साथै यसको बदला लिने पनि हमासले चेतावनी दिएको छ । -एजेन्सी

Skip This