अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इरान बम विस्फोटमा १०३ जनाको मृत्यु

इरान बम विस्फोटमा १०३ जनाको मृत्यु


इरान-हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ ।

आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो ।

एजेन्सीले भनेको छ, “आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको सङ्ख्या बढेर एक सय तीन पुगेको छ ।” 

बम विस्फोटमा अन्य एक सय ४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।-एजेन्सी

Skip This