अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ‘हमासको विनाश नभएसम्म युद्ध राेकिँदैन’

 ‘हमासको विनाश नभएसम्म युद्ध राेकिँदैन’


काठमाडौँ-इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने घोषणा गरेको छ ।

विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ ।

‘तीन महिनाअघि हमासले हाम्रो विरुद्ध भयानक नरसंहार गरेको थियो,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उनले बताएका छन्। ‘हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन, ‘नेतन्याहुले भने।

उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।-एजेन्सी

Skip This