अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले झापा पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली (फोटोफिचर)

एमाले झापा पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली (फोटोफिचर)


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला कमिटीको पूर्ण बैठकलाई बैठकलाई सम्बोधन गर्नुभएको छ।

झापाको झिलझिले वाटर पार्कमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्नु भएको हो।

एमाले जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्न र झापा इनर्जीको परियोजना उद्घाटन गर्नका निम्ति अध्यक्ष ओली आज गृहजिल्ला आइपुग्नु भएको हो।

बैठकलाई सम्बोधन गर्नु अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष ओली नेपाली काङ्ग्रेस पार्टी कार्यालय झापामा पुग्नु भएको थियो।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र-४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पूरा गर्न सहयोगी हुने साँवाले बताउनु भयो । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो।