अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक 

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक 


काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक गरिएको छ । आज त्रिविको उपकुलपति छनोट समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको हो । 

त्रिविमा खुला प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्न उपकुलपतिका लागि आवेदन माग गरिएको थियो । उपकुलपतिमा ४३ जनाले आवेदन दिएकोमा समितिले १४ जनालाई अल्पसूचीमा राखेको हो । 

अल्पसूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदीलाई सर्ट लिस्टमा राखेको छ । यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनिया र नारायणप्रसाद बेलवासे रहनुभएको छ ।  

यस्तै प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि अल्पसूचीमा पर्नुभएको छ । उहाँहरुमध्येबाट समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गर्ने छ ।