अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 राज्यसभामा सोनिया गान्धी निर्वाचित

 राज्यसभामा सोनिया गान्धी निर्वाचित


नयाँदिल्ली- भारतीय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धी राज्यसभामा निर्बिरोध निर्वाचित भएकी छिन् । मंगलबार अबेर राजस्थानबाट सोनिया गान्धी राज्यसभाको लागि निर्विरोध चुनाव जितेकी जानकारी दिइएको हो । यसबाहेक भाजपाका चुन्नीलाल गरासिया र मदन राठौर पनि निर्विरोध निर्वाचित भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राज्यसभाका प्रमुख सचिव तथा राज्यसभाका निर्वाचन अधिकृत महावीरप्रसाद शर्माले राजस्थान–२०२४ को राज्यसभाको द्विवार्षिक निर्वाचनका लागि तीनै सिटमा तीनै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

वास्तवमा सो राज्यसभा चुनाव २०२४ को लागि राजस्थानमा तीन सिटका लागि चुनाव हुन लागेको थियो र तीन जना उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेका थिए । मंगलबार निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने अन्तिम दिन थियो । कुनै पनि उम्मेदवारको नाम फिर्ता नआएपछि तीनै उम्मेदवार निर्वाचित भएका हुन् । आवश्यक परेमा २७ फेब्रुअरीमा मतदान हुनेवाला थियो ।

Skip This