काठमाडौँ– नेपाल प्रहरीका १८ जना प्रहरी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशन गरेर सम्पर्कमा आउन आग्रह गरेको हो । सूचना प्रकाशन गरेको सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया