अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठ लुकाएर अनियमितता गरेको आरोपमा राप्रपाका लुम्बिनी प्रदेश सदस्य यादव निलम्बित

काठ लुकाएर अनियमितता गरेको आरोपमा राप्रपाका लुम्बिनी प्रदेश सदस्य यादव निलम्बित

चेतन अधिकारी
0
Shares

काठमाडौं – लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बनमा परेका छन् ।

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाले उनी स्वत निलम्बनमा परेका लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना निकालेर जानकारी दिएको छ ।
कपिलवस्तु ३ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादवविरुद्ध गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले काटेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो ।

यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।