अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाममा

विजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाममा


इलाम-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाम आइपुग्नुभएको छ।

इलाम-२ उपनिर्वाचनमा विजयी भएको उपलक्ष्यमा नेकपा एमालले आज दिउँसो १ बजे इलाम बजारमा विजय सभा गर्दै छ। सो विजय सभालाई सम्बाेधन गर्न अध्यक्ष ओली इलाम आइपुग्नु भएको हो। अब केही समयपछि उहाँले सम्बोधन गर्ने कार्यक्रम छ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ नेम्वाङ इलाम-२ लाई प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको हो। सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गर्नुभएको थियो।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ११ हजार ४५७ मत पाउँदा निर्वाचनमा चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गर्नुभएको थियो।

मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्दा राजावादी पार्टी राप्रपाका उम्मेदवारले जम्मा चारसय ८ मत मात्रै पाउनु भयो।