अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संसदीय विभागको प्रमुख योगेश भट्टराई

एमालेको संसदीय विभागको प्रमुख योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ। आज बसेको सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो।

उहाँले संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई संम्बोधन गर्न विभागले काम गर्ने बताएका छन्।

उहाँले भन्नुभएको छ, ‘संसदीय क्षेत्रमा रहेका कमरेडहरूको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई सम्बोधन गर्न विभागले गर्ने कामका बारेमा यहाँहरुको सुझाव तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्दछु ।’