काठमाडौं-तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को दोस्रो सत्रको वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना सहभागी हुने भएका छन्। कार्यकारी निर्देशक तिमिल्सिना बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नविन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा वक्ताका रूपमा सहभागी हुने भएका हुन्।
उहाँ हाल केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको रूपमा कार्यरत हुनुहुन्छ। कार्यकारी निर्देशक तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्नुभएको छ। उहाँले केन्द्रीय बैंकको विभिन्न विभागमा समेत अनुभव बटुलिसक्नुभएको छ।
डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुने छ। उद्घाटन सत्रमा अर्थमन्त्री पौडेल, राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ। कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ।
‘नेपालमा कर्जा विस्तारको चुनौती:लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या स् समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ। डिस्कोर्शको मुख्य प्रायोजकका रुपमा ग्लोबल आईएमई बैंक रहेको छ। यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन्।
प्रतिक्रिया