अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक


काठमाडौँ-नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

भोलि (बुधबार) बिहान साढे ८ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामा मागबारे पनि छलफल हुने जनाएको छ। साथै विकसित राजनीतिक घटनाक्रम अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।